Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कासल एजुकेशन कन्सल्टेन्सीको दोस्रो शाखा भरतपुरमा खुल्यो

कासल एजुकेशन कन्सल्टेन्सीको दोस्रो शाखा भरतपुरमा खुल्यो

इच्छाकामना न्युज

३०, कार्तिक २०८२
कासल एजुकेशन कन्सल्टेन्सीको दोस्रो शाखा भरतपुरमा खुल्यो
images

भरतपुर । विदेश अध्ययन र टेस्ट तयारीमा विश्वासिलो नाम कासल एजुकेशन कन्सल्टेन्सीले भरतपुर, चौबिसकोठी, साङ्घाइ प्लाजामा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटन गलेश्वर आश्रमका १००८ अन्नतश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले रिबन काटेर गर्नु भएको थियो। सो अवसरमा चितवन शाखा प्रमुख गणेश श्रेष्ठ, निर्देशक अर्जुन सुनार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

images
images

गत जेठदेखि ललितपुर, कुमारीपाटीमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको कन्सल्टेन्सीको नयाँ शाखा उज्ज्वल केसी र अर्जुन सुनारले खरीद गरेर नयाँ रणनीतिसहित सञ्चालनमा ल्याउनु भएको हो। कासलले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही मार्गदर्शन र विश्वव्यापी अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

नयाँ शाखामा आधुनिक पूर्वाधार सहित आइएलटिएस र पिटिइ कक्षा, डिजिटल प्रेजेन्टेशन सिस्टम, सराउन्ड साउन्ड सिस्टम, एमवसिके ल्याब, अनुभवी शिक्षक र काउन्सेलर, र पूर्ण वातानुकूलित एसी सुविधा उपलब्ध रहेको निर्देशक अर्जुन सुनारले बताउनुभयो ।

शाखा उद्घाटनको अवसरमा कम्पनीले ५० जना विद्यार्थीहरूलाई निःशुल्क आइएलटिएस पिटिइ कोर्स उपलब्ध गराउने घोषणा पनि गरेको छ। कम्पनीले अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, युरोप, जापान, जर्मनी, चिन लगायत ५० भन्दा बढी देशका विश्वविद्यालय र कलेजसँग सहकार्य गर्दै आएको छ। “चितवनका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा उपलब्ध गराउन पाउँदा हामी गौरवान्वित छौं, प्रमुख कार्यकारी अधिकृत उज्ज्वल केसीले भन्नुभयो।” निर्देशक गणेश श्रेष्ठ भन्नुहुन्छ, “१८ वर्षको अनुभवलाई स्थानीय स्तरमा पुर्‍याउन पाउँदा हामी उत्साहित छौं। विद्यार्थीहरूले यस अवसरबाट लाभ उठाउन सकुन्।”

images
प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - ११:५३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology