Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्मिक तथा सांस्कृतिक पर्यटनको हब बन्दै गैँडाकोट

धार्मिक तथा सांस्कृतिक पर्यटनको हब बन्दै गैँडाकोट

इच्छाकामना न्युज

२७, कार्तिक २०८२
धार्मिक तथा सांस्कृतिक पर्यटनको हब बन्दै गैँडाकोट
images

नारायणगढ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् । 

images
images

गैँडाकोट नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे गैँडाकोटमा सबैभन्दा बढी मौलाकालिका मन्दिरमै धार्मिक पर्यटकको चाप बढेको बताउनुहुन्छ । “मौलाकालिका मन्दिर गैँडाकोटको धार्मिक धरोहर हो । अहिले यहाँ आउने पर्यटकमध्ये अधिकांश मौलाकालिका नै पुग्ने गर्छन्,” उहाँले भन्नुभयो । 

मौलाकालिका मन्दिर सेनकालीन मन्दिरका रूपमा चिनिन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य विस्तार गर्ने क्रममा यो क्षेत्रमा कालिकाको मन्दिर बनाएको विश्वास छ । यहाँ अहिले केबुलकार बनेपछि त झनै पर्यटकको आकर्षण बढेको लाम्गादेले जनाउनुभयो । मौलाकालिकामा आउने पर्यटकलाई अन्य सांस्कृतिक स्थलमा घुमाउने योजना बनाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

मौलाकालिका केबुलकारका स्टेसन मेनेजर सुरज पौडेल अहिले मौलाकालिकाको महत्व बढ्दै गएको बताउनुहुन्छ । दैनिक हजारौँ भक्तजन मन्दिर दर्शन गर्न र यस वरपरका रमणीय क्षेत्र अवलोकन गर्न आउने गरेको उहाँले बताउनुभयो । 

मौलाकालिकापछि गैँडाकोटमा लक्ष्मीनरसिंह दिव्यधाम, राधाकृष्ण मन्दिर, हरिहर मन्दिर, हनुमान मन्दिर, बौद्ध गुम्बा, सीताराम मन्दिर, गोपेश्वर महादेव मन्दिर, कोटेश्वर शिवालय जस्ता धाार्मिक मन्दिर आकर्षणका केन्द्र छन् । 

यस्तै गैँडाकोटमै रहेको मणिमुकुन्द सेन दरबार एतिहासिक र पुरातात्त्विक महत्व बोकेको दरबार हो भने नारायणी नदी धार्मिक रूपमा महत्वपूर्ण छ । यो नदीमा हुने दैनिक जलयात्राले पर्यटकको मन लोभ्याइरहेको छ । 

गैँडाकोटमा रहेको थारू, मगर, गुरुङलगायतका संस्कृतिले पनि यहाँ सांस्कृतिक पर्यटकलाई आकर्षण गरिरहेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । 

“यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै जल पर्यटनको पनि प्रचुर सम्भावना छ । यसका लागि नगरपालिकाले गुरुयोजना निर्माण गरेरै भए पनि पर्यटनको विकासमा लाग्ने योजना अघि सारेका छ,” प्रमुख अधिकारीले भन्नुभयो । 

धार्मिक र सांस्कृतिक पर्यटक गैँडाकोटको मौलिक पर्यटक भएकाले उनीहरूलाई जलपर्यटनतर्फ पनि आकर्षण बढाउन पर्ने उहाँको भनाइ छ । नारायणी नदी गैँडाकोट भएरै बग्ने हुँदा स्नान गर्ने भक्तजनलाई धार्मिक र जलाशय गरेर मनोरञ्जन लिने पर्यटकका लागि पनि यो महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।    

images
प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - ०८:४०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology