Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम गुरुङ निर्वाचित

तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम गुरुङ निर्वाचित

इच्छाकामना न्युज

२३, कार्तिक २०८२
तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम गुरुङ निर्वाचित
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम च्हम्रु तमू निर्वाचित भएका छन् । शनिबार सम्पन्न २२औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा इन्द्रकुमारी गरब्जा तमू, कृष्ण म्रु तमू र पेजबहादुुर प्हच्यु तमू चयन भएका छन् ।

images
images

सचिवमा कृष्णा प्हच्यु तमू, सहसचिवमा लिलबहादुर प्हच्यु तमू, कोषाध्यक्षमा रीता प्हच्यु तमु र सहकोषाध्यक्षमा माया कोन्मे तमू चयन भएका छन् । पदाधिकारीहरु सबैजना पुरानै पदमा दोहोरिएका हुन् । सदस्यहरुमा भने आशबहादुर प्हच्यु तमू, रेशबहादुर घ्याप्री तमू, कुमार तमू, उत्तर कोके तमू, अनिता झिमाल तमू, महेन्द्र तमू, जगत तमू, जनक तमू, सुकबहादुर तमू, देवकुमार तमू र सावित्री तमू चयन भएका निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता खड्गबहादुर तमूले जानकारी दिए ।

Tamu-Pe-Lu-1.jpg

अधिवेशनको खुलासत्रमा संस्थागत विकासको लागि मह¤वपूर्ण योगदान पु¥याएका व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको थियो । उनीहरुलाई तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर तमू, वागमती प्रदेश सभाकी सदस्य गीता तमूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्मान गरिएको हो ।

तमू प्ये ल्हु संघ चितवनले संस्थाको नाममा जमिन खरिद गरेर भौतिक संरचना निर्माण गर्ने योजना बनाएअनुसार अर्थ सङ्कलनको अभियान चलाइरहेको छ । उक्त कार्यलाई पूर्णता दिलाउनको लागि नयाँ कार्यसमितिको पदाधिकारीमा पुरानै व्यक्तिहरु दोहोरिएका हुन् ।

अधिवेशनका क्रममा तमू प्ये ल्हु संघअन्तर्गतका विभिन्न भातृ संस्थाहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १४:५४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology