Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाले जेनजी आन्दोलनलाई ‘रातो क्रान्ति’ भनेपछि…

रास्वपाले जेनजी आन्दोलनलाई ‘रातो क्रान्ति’ भनेपछि…

इच्छाकामना न्युज

२२, कार्तिक २०८२
रास्वपाले जेनजी आन्दोलनलाई ‘रातो क्रान्ति’ भनेपछि…
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी विस्तारित बैठकमा ‘जेनजी आन्दोलन’ को मूल्यांकनलाई लिएर केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) को राजनीतिक प्रतिवेदनमाथि गम्भीर आपत्ति प्रकट गरेकी छिन् । अर्यालले जेनजीको शान्तिपूर्ण आन्दोलनलाई ‘रातो क्रान्ति’ को संज्ञा दिएकोमा कार्कीले कडा विमति राखेकी हुन् ।

images
images

सौराहामा जारी विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अर्यालले भनेका छन्, ‘हामी २०८४ मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौं । त्यसलाई हामीले निलो क्रान्ति भन्दै आएका पनि थियौं । तर जेनजीले २०८४ सम्म कुरेनन्, रातो क्रान्ति गरे ।’ प्रतिवेदनले जेनजी र रास्वपाबीच मुद्दा, माग र उपलब्धिमा खासै फरक नभए पनि क्रान्तिको बाटो फरक भएको निष्कर्ष निकालेको छ ।

तर, केन्द्रीय सदस्य डा. कार्कीले यो विश्लेषण त्रुटिपूर्ण रहेको औँल्याएकी छिन् । उनले जेनजी आन्दोलन अहिंसात्मक आन्दोलनको महत्वपूर्ण पाटो भएको र उनीहरूले संविधान प्रदत्त अधिकारको उपयोग गर्दै शान्तिपूर्ण रूपमा भेला भएको तर्क गरेकी छिन् । सरकारले नै रक्तपात मच्चाएको यथार्थलाई ‘रातो क्रान्ति’ भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘जेनजीहरू शान्तिपूर्ण रूपमा भेला भएर आफ्ना मागहरू राखिरहेका थिए । सरकारले नै गोली चलाएको हो । यसलाई हामीले कसरी रातो क्रान्ति भन्न सक्छौं ?’ कार्कीले प्रश्न गरेकी छिन् । उनले जेनजी आन्दोलन र त्यसको परिणामलाई आफ्नो पक्षमा पार्ने रास्वपाको प्रयत्न विफल भएपछि त्यसलाई ‘रातो क्रान्ति’ भन्दै आरोपित गर्न नहुने धारणा राखेकी छिन् ।

रास्वपाको विस्तारित बैठक चितवनस्थित सौराहामा जारी छ । शुक्रबार अर्यालले राजनीतिक प्रतिवेदन र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा सहभागी ५१२ जना प्रतिनिधिहरूलाई सात समूहमा विभाजन गरी ती प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ । समूहगत छलफल हिजोबाटै सुरु भएको हो । रास्वपाको यो विस्तारित बैठक आइतबारसम्म चल्नेछ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - ११:३७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology