Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा जारी रास्वपाको विस्तारित बैठक आज सकिँदै

चितवनमा जारी रास्वपाको विस्तारित बैठक आज सकिँदै

इच्छाकामना न्युज

२२, कार्तिक २०८२
चितवनमा जारी रास्वपाको विस्तारित बैठक आज सकिँदै
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठक आज सकिदैछ । शुक्रबारदेखि सौराहास्थित सभा हलमा जारी बैठकमा आज सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनता हस्ताक्षरको प्रतिवेदन पेश हुने लगायतका कार्यक्रम रहेको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन् ।

images
images

आज बैठकमा निर्वाचन क्षेत्र स्तरीय स्वमुल्यांकन फारम, निर्वाचनको बाचापत्रको प्रारम्भिक खाका, उम्मेदवार छनौट विधि प्रस्तुत हुने कार्यतालिका रहेको छ । त्यस्तै आज स्थानीय कला प्रस्तुति र समुहगत छलफललगायतको कार्यतालिका रहेको छ ।    

यसअघि शुक्रबार उद्घाटन शत्रपछि कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गरेका थिए ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहाकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधीसभा निर्वाचन क्षेत्रिय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - ०८:४८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology