Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाका घरबेटी देवकोटाले त्यागे पार्टी सदस्यता, पाएका थिएनन् घरभाडा

रास्वपाका घरबेटी देवकोटाले त्यागे पार्टी सदस्यता, पाएका थिएनन् घरभाडा

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
रास्वपाका घरबेटी देवकोटाले त्यागे पार्टी सदस्यता, पाएका थिएनन् घरभाडा
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन् । उनले आफू अब रास्वपा सदस्य नरहेको घोषणा गरेका छन् । ‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु, देवकोटाले भने । उनले अब पार्टीमा रहिरहन नचाहेको बताए । रवि लामिछाने शक्तिकेन्द्रमा रहँदा देवकोटा पार्टीको विभिन्न जिम्मेवारीमा थिए ।

images
images

देवकोटा केही समयअघि रास्वपा अनुशासन आयोगका प्रमुख थिए । तर, लामिछाने करागार चलान भएसँगै उनले घरभाडा पनि पाएका थिएनन् । घरभाडा नपाउँदा उनि खुसी थिएनन् ।

यस बीच, देवकोटाले रास्वपाको केन्द्रीय कार्यालय रहेको घर खाली गर्नको लागि दबाब दिएका छन् । जस कारण उनी र पार्टी बीचको दूरी झन् बढेको थियो । केही समयअघि पार्टी र देवकोटाबीच निर्वाचनसम्म घरमा बस्न दिने सम्झौता भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २२:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology