Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कपिलवस्तुमा भारतीय स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तुमा भारतीय स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
कपिलवस्तुमा भारतीय स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
images

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। चन्द्रौटा–कृष्णनगर सडकखण्ड अन्तर्गत वडा नं-९ जुमिलीमा भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको हो।

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार दिउँसो बाटो काट्दै गरेका चौधरीलाई यूपी ३५ एके २४१५ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

प्रहरीले ठक्कर दिने स्कार्पियो र त्यसका चालक ३५ वर्षीय पप्पु चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २१:५७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology