Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

‘भात छाड्न सक्ने, मोबाइल नसक्ने’ युवाको लत बुझ्न नसक्नु सरकारको कमजोरीः एमाले महासचिव शंकर पोखरेल

‘भात छाड्न सक्ने, मोबाइल नसक्ने’ युवाको लत बुझ्न नसक्नु सरकारको कमजोरीः एमाले महासचिव शंकर पोखरेल

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८२
‘भात छाड्न सक्ने, मोबाइल नसक्ने’ युवाको लत बुझ्न नसक्नु सरकारको कमजोरीः एमाले महासचिव शंकर पोखरेल
images

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधि र मोबाइलमा बसेको युवाको लत बुझ्न नसक्नु तत्कालीन सरकारको कमजोरी रहेको बताएका छन् । मोबाइलमा लत बसेको युवालाई गलत तत्वले दुरुपयोग गरेको उनको विश्लेषण छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले मोबाइलमा बसेको युवाको लत र आशक्ति बुझ्न नसक्नु कमजोरी रहेको बताएका हुन् ।

‘सोसल मिडियाको दुरूपयोग नियन्त्रण गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतले पनि भनिसकेको थियो । तर सूचना प्रविधिमा नेपालका युवाको लत बसिकेको रहेछ’, पोखरेलले भने, ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने लत भएका युवालाई गलत तत्वले प्रयोग गरे ।’मोबाइलमा लत बसेका युवालाई सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो भन्ने निहुँमा उक्साएर भदौ २३ र २४ गतेको आन्दोलन गर्न लगाइएको उनको टिप्पणी छ ।

पोखरेलले अपराध र आन्दोलनलाई छुट्याउने कुरामा वर्तमान सरकार पूर्ण असफल भएको टिप्पणी पनि गरे ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - २०:४४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology