चितवन, २१ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले चार किलो अवैध गाँजा सहित तीनजनालाई भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ जखेडिमाई मन्दिर स्थित प्रहरी विट गणेशस्थानबाट खटिएको गस्ती टोलीले ४ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवन ईच्छाकामना गाँउपालिका वडा नं. ७ का २३ वर्षका भिमराज गुरुङ, भरतपुर महानगरपालिका वडा नं. २ बेलटाँडी बस्ने २१ बर्षका श्याम थापा क्षेत्री र सोहि स्थानका ३२ वर्षका टेकेन्द्र राजवंशी रहेको डिएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।
सिमलढापबाट भोजाडतर्फ बागमती प्रदेश ०३–००१ प १९२ नं.को मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीहरु पक्राउ परेका हुुन । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।