Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गैँडाकोटमा बस र ट्याङ्कर ठोक्किदा चार घाइते

गैँडाकोटमा बस र ट्याङ्कर ठोक्किदा चार घाइते

इच्छाकामना न्युज

१४, कार्तिक २०८२
गैँडाकोटमा बस र ट्याङ्कर ठोक्किदा चार घाइते
images

नवलपुर । पूर्ब–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बस र तेल बोक्ने ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

images
images

शुक्रबार दिउँसो बुटवलबाट बिरगञ्जजतर्फ जाँदैगरेको लु २ ख ६८२८ नम्बरको बस र बिपरित दिशामा गुडिरहेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा ट्याङकर चालक नवलपुरको मध्यबिन्दु नगरपालिका –८ का ५६ वर्षीय तिलकराम योगी थारु, बस चालक पाल्पा रम्भा गाउँपालिका –३ का ३७ वर्षीय विकास न्यौपाने, बसमा सवार नवलपुरको बर्दाघाट नगरपालिका –२ का ३३ वर्षीया गंगाकुमारी गिरी र उहाँकी ७ वर्षीया छोरी अर्पना गिरी घाइते हुनु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८२ शुक्रवार - १८:४५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology