Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कपिलवस्तुको बनकसवासामा रात्रीबस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

कपिलवस्तुको बनकसवासामा रात्रीबस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

इच्छाकामना न्युज

१३, कार्तिक २०८२
कपिलवस्तुको बनकसवासामा रात्रीबस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते
images

कपिलवस्तु ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

images
images

दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको छ। हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार पछि घर फर्किएका वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - ०८:४६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology