Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बस्ने

सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बस्ने

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८२
सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बस्ने
images

काठमाडौं । सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक हुँदैछ। बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा बस्न लागेको हो।  प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।

निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको उनले बताए।  बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्। 

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो। 

images
प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०७:२८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology