Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

‘म विदेश भागेको होइन, डेंगु उपचारमा थिएँ’ : पूर्वमन्त्री दिपक खड्का

‘म विदेश भागेको होइन, डेंगु उपचारमा थिएँ’ : पूर्वमन्त्री दिपक खड्का

images

इच्छाकामना न्युज

३, कार्तिक २०८२
‘म विदेश भागेको होइन, डेंगु उपचारमा थिएँ’ : पूर्वमन्त्री दिपक खड्का
images

काठमाडौँ । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक भएका छन् । जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिएका हुन् ।

उनी हाल सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा छन् , जहाँ विदेशी तथा स्वदेशी लाखौं रुपैयाँ घरमा राखिएको आरोपको छानबिन भइरहेको छ।

तर, खड्काले यस्ता सबै आरोपको खण्डन गर्दै दशैंका लागि साटेर राखिएको २० र ५० रुपैयाँका नोटहरू जलाएर योजनाबद्धरूपमा आफ्नो चरित्र हत्या गरिएको दाबी गरेका छन् । उनले आन्दोलनको दिन आफ्नै घरमा रहेको पनि स्पष्ट पारे ।

नेपाली कांग्रेसका नेतासमेत रहेका खड्काले आफूविरुद्ध गरिएको गलत प्रचारको खण्डन गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। “मसँग दुई–चार लाख रुपैयाँ नहुन सक्छ भनेर कसैले विश्वास गर्दैन,” भन्दै उनले आफू राजनीतिको लागि व्यवसायमा लागेको, तर भ्रष्टाचारविरुद्ध अडिग रहेको बताए ।

घरमा आगलागी भएपछि मानसिक तनावमा परेका परिवारसहित तराई गएको बताएका छन् । तर, डेंगु संक्रमण भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिनसम्म उपचारमा बसेको उनले जानकारी दिए । त्यही क्रममा केही राजनीतिक भेटघाटहरू भएको स्वीकार गरे पनि आफू सिंगापुर नगएको उनले स्पष्ट पारे ।

पटक–पटक राजनीतिक संघर्षमा जेल परिसकेका खड्काले पछिल्लो घटनाले आफू विचलित नहुने बताउँदै देशप्रति धैर्य राख्न जनतालाई आग्रह गरे। साथै, सधैं जनताको सुख–दुखमा साथ रहने प्रतिबद्धता गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १२:४६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology