Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

क्रिस्टल कलेजका शिक्षक विद्यार्थीमाथि हिंसा गरेको आरोपमा पक्राउ

क्रिस्टल कलेजका शिक्षक विद्यार्थीमाथि हिंसा गरेको आरोपमा पक्राउ

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
क्रिस्टल कलेजका शिक्षक विद्यार्थीमाथि हिंसा गरेको आरोपमा पक्राउ

चितवन फाल्गुन,२१। आफूले पढाउने विद्यार्थीहरु आफ्ना छोराछोरीसरह हुन्छन् । स्कुल कलेज विद्यार्थीको दोस्रो घर मानिन्छ । आफ्ना आमाबुबा पछिको विश्वासिलो अभिभावक पनि शिक्षक नै मानिन्छन् ।तर, रत्ननगर(१० मा रहेको क्रिष्टल कलेजमा कक्षा ११ र १२ मा अध्ययन गर्ने दर्जन बढी छात्राहरुलाई हिंसात्मक शब्द प्रयोग गरेर सन्देश पठाएको आरोपमा कलेजका शिक्षक हरि न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय रत्ननगरले न्यौपानेलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो । पीडित विद्यार्थीले ती शिक्षकले आफ्ना संवेदनशील अंग छुने, सुम्सुमाउने र नियतवश स्पर्श गर्ने गरेको बताएका छन् ।शिक्षकले गरेको हर्कतबारे पीडित विद्यार्थीले म्यासेन्जरमा दोहोरो अर्थ लाग्ने भएको संवाद देखाउँदे भने, ‘शिक्षकले आफूहरुलाई रात बिताउन प्रस्ताव राखे । एक रातको कति लिन्छौ भने । र, यौन सम्पर्क गर्न दिए प्रश्नपत्रसमेत उपलब्ध गराउनेसम्मको लालच देखाए ।’शिक्षकबाटै विद्यार्थीमाथि हिंसा गरेको विषय बाहिर आएपछि आक्रोशित पीडित पक्षका युवाहरुले कलेजमा तोडफोड गरेका छन् । तोडफोडबाट कलेजका झ्यालको सिसालगायत भौतिक संरचनामा क्षति पुगेको छ ।कलेज तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका युवाको रिहाइको माग गर्दै विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।उनीहरुले शिक्षकको अनैतिक क्रियाकलापको विरूद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले आरोपित शिक्षकमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १२:३८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology