Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले सचिवालय बैठक : नेतृत्व हस्तान्तरण गर्न ओलीमाथि दबाब

एमाले सचिवालय बैठक : नेतृत्व हस्तान्तरण गर्न ओलीमाथि दबाब

images

इच्छाकामना न्युज

२५, आश्विन २०८२
एमाले सचिवालय बैठक : नेतृत्व हस्तान्तरण गर्न ओलीमाथि दबाब
images

काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठकमा नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिएका छन् । भक्तपुरको गुन्डुमा हिजो बसेको एमाले सचिवालय बैठकमा नेताहरुले आउँदो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आउँदो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् । जेन–जी आन्दोलनपछि अरु मुख्य पार्टीमा जस्तै एमालेमा पनि अध्यक्ष ओलीले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने मत बलियो हुँदै गएको छ । तर ओली भने अझै नेतृत्व छाड्ने मनस्थितिमा हुनुहुन्न ।

आफ्नो स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने उहाँले बताउँदै आउनुभएको छ । पहिले पनि एमालेमा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेर हद लगाउनु पर्ने माग भए पनि विधान महाधिवेशनमा ओलीको चाहना अनुसार दुवै प्रावधान हटाइएको थियो । जेनजी आन्दोलनअघि भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गरेको थियो ।

यस्तै एमाले सचिवालय बैठकले सरकार दलहरुलाई विश्वासमा लिनेभन्दा निषेधको बाटोमा अघि बढेको भन्दै आपत्ति जनाएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय एकताका लागि दलहरूलाई साथमा लिनुपर्नेमा त्यस्तो नगरी निषेधको बाटोतर्फ अघि बढेको बताउनुभयो ।

सरकार चुनाव गराउने बाटोमा नभई देशलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान उद्धत देखिएको उहाँको भनाइ थियो । एमालेले नवयुवा पुस्ताको भविष्य इतिहासलाई सुरक्षित गरेर मात्रै हुने र दलहरूलाई निषेध गरेर भविष्य सुनिश्चित हुन नसक्ने पनि जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८२ शनिवार - ०९:१९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology