Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आदिकवि क्याम्पसमा भवन बन्ने

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आदिकवि क्याम्पसमा भवन बन्ने

इच्छाकामना न्युज

२३, आश्विन २०८२
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आदिकवि क्याम्पसमा भवन बन्ने
images

अमरराज नहर्की

images
images

तनहुँ, असोज २३ गते । तनहुँको व्यास नगरपालिका–१, भादगाउँ, दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ । 

विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरको एक करोड रुपियाँ आर्थिक अनुदान सहायता र क्याम्पसको लागत सहभागिता १२ लाख ५६ हजार सात सय ७० रुपियाँ  गरी कुल लागत एक करोड १२ लाख ५६ हजार ९७० रुपियाँमा भवन निर्माण गरिने भएको हो ।

भवन निर्माण सम्बन्धी सम्झौता बिहीबार क्याम्पसमा सम्पन्न भएको हो । सम्झौता कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको उपस्थितिमा बोलपत्र मूल्याङ्कन समितिका संयोजक क्याप्टेन सोमबहादुर थापा र निर्माण कम्पनी पञ्च–शिभु जेभी, भक्तपुरका निर्देशक सन्तुलन देशमरूबिच दुई पक्षीय सम्झौता पत्र आदानप्रदान गरिएको छ ।  

सम्झौता पत्रमा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट निर्देशक सन्तुलन देशमरूले हस्ताक्षर गर्नुभएको छ । क्याम्पस प्रशासनका अनुसार भवन निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - १७:५८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology