Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

१० वर्षिया बालिकाको हत्या आरोपमा एक युवक पक्राउ

१० वर्षिया बालिकाको हत्या आरोपमा एक युवक पक्राउ

images

इच्छाकामना न्युज

२३, आश्विन २०८२
१० वर्षिया बालिकाको हत्या आरोपमा एक युवक पक्राउ
images

बर्दिया । १० वर्षिया बालिकालाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको गेरुवा गाउँपालिका ५ झबहीकी १० वर्षिया एन्जल देउवाको हत्या गरेको आरोपमा सोहि स्थानका २१ वर्षिय समिर तिरुवा पक्राउ परेका हुन् ।

एन्जल गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं–३ गणेशपुरस्थित आफन्तको घरबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । बालिकाको खोजतलास गर्दै जाने क्रममा गशेणपुर स्थित बुढीकुलोको किनारमा गाडीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको पहिलो चरणको अनुसन्धान अनुसार बालिकाले लगाएको गहना लुटने उदेश्य मात्र तिरुवाको रहेको तर हल्ला गरेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०९:१९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology