Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मलाई मार्ने योजना रहेछ, पाँच मिनेटले बचें -पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

मलाई मार्ने योजना रहेछ, पाँच मिनेटले बचें -पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

images

इच्छाकामना न्युज

११, आश्विन २०८२
मलाई मार्ने योजना रहेछ, पाँच मिनेटले बचें -पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
images

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यान मार्ने खालको योजना भएको र पाँच मिनेटको अन्तरले मात्र जोगिएको खुलासा गरेका छन्।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गतेकाे घटना सम्झँदै उनले आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने किसिमको योजना रहेको दाबी गरेका हुन्। “यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो,” उनले भनेका छन् ।

अध्यक्ष ओलीले सुरक्षा निकायमाथि भरोसा गरेको तर उनीहरूले हात उठाएको उल्लेख गरे । “मैले अब आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि मलाई अलिकति भरोसा थियाे, तर पछि सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं भन्यो,” उनले भने। यद्यपि, अन्त्यमा सेनाले आफूलाई सुरक्षित रूपमा बाहिर निकालेको उनले बताए।

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:४९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology