Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सप्तरीमा छैन दसैँको चहलपहल

सप्तरीमा छैन दसैँको चहलपहल

इच्छाकामना न्युज

११, आश्विन २०८२
सप्तरीमा छैन दसैँको चहलपहल
images

भारदह (सप्तरी) । दसैँ सुरु भएको पाँच दिन बितिसक्दा समेत राजविराज बजारमा सर्वसाधारणको चहलपहल देखिएको छैन । विगतका वर्षहरूमा दसैँलगायतका चाडपर्वमा भीडभाड हुने सप्तरी बजारमा यस वर्ष  खासै चहलपहल नभएको स्थानीयहरूको भनाइ छ ।

images
images

बजारमा किनमेल गर्ने उपभोक्ताहरू एकदमै न्यून भएपछि दिनभरी मुख ताकेर बस्नुपर्ने बाध्यता रहेको व्यापारीहरू बताउछन् । अरु दिनभन्दा पनि यसपालि किनमेल गर्न आउने उपभोक्ता कम रहेको राजविराज बजारमा कपडा व्यावसायी गर्दै आउनुभएको जयप्रकाश गुप्ताले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसपालि दसैँ आएको जस्तो लागेको छैन । बजार  चहलपहल छैन । सर्वसाधारणहरूमा किनमेलको कुनै चासो देखिदैन । मन्दिरहरूमा पनि अन्य वर्षको तुल्नानामा भीडभाड कम छ ।’’

दसैँ आएजस्तो महसुुस नभएको राजविराज नगरपालिका २ कि रिता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतका वर्षहरूमा सर्वसाधारणमा दसैँको उमङ्ग र उत्साह अर्कै देखिन्थ्यो । यसपालि त्यस्तो देखिएको छैन ।’’

जिल्लाको अधिकांश सामुदायिक विद्यालयका शिक्षक र स्थानीय तहका कर्मचारीहरूले तलब पाउन नसकेकाले पनि बजारमा दसैँको रौनक नदेखिएको राजविराज नगरपालिका ६ का नरेश कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कर्मचारी र शिक्षकले तलब नपाएपछि चहलपहल घटनु स्वभाविक हो ।’’

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:३०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology