Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

images

इच्छाकामना न्युज

३१, भाद्र २०८२
पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव
images

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन्। विज्ञप्ति जारी गर्दै विप्लवले जेन-जीले गरेको विद्रोहपछि जेन-एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन्।

विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन्। यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ।

‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ। विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन। परन्तु यसलाई जाना-जान प्रवेश गराइएन या बेवास्ता गरियो।, जेन जीलाई सम्बोधन गर्दै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ। परन्तु यसमा गैर–दलीय, गैर- बामपन्थी सोचले काम गरेको देख्न सकिन्छ। यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ। जनताले पनि स्वीकार्ने छैनन्।’

पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव नभएको भन्दै विप्लवले अगाडि भनेका छन्, ‘बर्षौदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरुलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र हो। हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो। पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन।’

अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै उनले भनेका छन्, ‘आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बनौं। देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गरौँ। हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने प्रतिवद्धता व्यक्त गर्दछ। धन्यवाद !’

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - ११:४४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology