Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पार्टी छोडेको घोषणापछि भावुक बनिन् सुमना, भनिन् – जेनजी पुस्तालाई सहयोग गर्न पार्टी छोडेको हुँ

पार्टी छोडेको घोषणापछि भावुक बनिन् सुमना, भनिन् – जेनजी पुस्तालाई सहयोग गर्न पार्टी छोडेको हुँ

images

इच्छाकामना न्युज

२९, भाद्र २०८२
पार्टी छोडेको घोषणापछि भावुक बनिन् सुमना, भनिन् – जेनजी पुस्तालाई सहयोग गर्न पार्टी छोडेको हुँ
images

काठमाडौँ / पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् ।

आफ्ना शुभचिन्तकहरूले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन, “मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैँले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईहरू सबैको साथले भएको हो । मैले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैंले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन ।”

परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ । यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरू अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरूलाई सबैले साथ दिनुपर्ने बताएकी छन् । आफुले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ ।

आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहिनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् । 

भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन, “हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तिलाई बिथोल्न हुँदैन । कुनै दल नसोच्नुस् यतिबेला सबैले नेपाल बनाउन लाग्नुस ।” 

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १८:०७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology