Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

images

रासस

२९, भाद्र २०८२
जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए
images

चितवन । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।


कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।’ कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७  जना आइसकेका छन् ।

कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए ।  यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् । करिब ५० जना सम्पर्कमा नआएको उनले जानकारी दिए । 

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १८:०६:२५ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology