Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फरार कैदीबन्दीलाई देखेमा तुरुन्त खबर दिन तनहुँ प्रहरीको अपिल

फरार कैदीबन्दीलाई देखेमा तुरुन्त खबर दिन तनहुँ प्रहरीको अपिल

इच्छाकामना न्युज

२७, भाद्र २०८२
फरार कैदीबन्दीलाई देखेमा तुरुन्त खबर दिन तनहुँ प्रहरीको अपिल
images

तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरि अपिल गरेको हो ।

images
images

जेनजी आन्दोलनको चर्को प्रभावमा मङ्गलबार साँझ तनहुँ कारागारबाट ३२७ कैदीबन्दी फरार भएका छन् । आन्दोलनकारीले दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिरहेको बेला कैदीबन्दी पनि कारागारबाट भाग्न सफल भएका हुन् । 

फरारमध्ये कतिपय सामान्य मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । हालसम्म ४५ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।  

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

जनताको सुरक्षा सुनिश्चित गर्दै फरार कैदीबन्दी नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिइएको थापा बताउनुहुन्छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - १८:३८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology