Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जेनजीलाई डा. बाबुराम भट्टराईको आग्रह- आत्मसमीक्षा गरेर अब आगो निभाउने काममा लाग्नुहोस्

जेनजीलाई डा. बाबुराम भट्टराईको आग्रह- आत्मसमीक्षा गरेर अब आगो निभाउने काममा लाग्नुहोस्

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
जेनजीलाई डा. बाबुराम भट्टराईको आग्रह- आत्मसमीक्षा गरेर अब आगो निभाउने काममा लाग्नुहोस्
images

काठमाडाैं । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जेन-जी’ पुस्तालाई अब आत्मसमीक्षा गर्दै ‘आगो निभाउने काममा लाग्न’ आग्रह गरेका छन्। उनले आफ्नो घरमा भएको आगजनी र अन्य ठाउँमा भएका हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनभित्र ‘भेडाको खोल ओढेर आएका ब्वाँसाहरू’ पसेको हुन सक्ने संकेत गरेका छन्।

भट्टराईको स्टाटस-

1.शायद ‘Revolurion’ अब ‘Counter-Revoltion’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ- ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’ संग सतर्क रहनुहोला! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके! देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रो/नराम्रो जे भए पनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन। लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला?
त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!
  1. ती ‘ब्वाँसाहरू’लाई चिन्ने प्रयत्न गर्नुहोस्! विश्वभरका महान् क्रान्तिहरूको इतिहास पढ्नुहोस्। खासगरी संसार हल्लाउने फ्रान्सेली क्रान्ति ( इ सं 1789- 93) को इतिहास पढ्नुहोस्। मैले नेपालकै सबभन्दा भीषण क्रान्तिको वेला लेखेको ‘ नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’ ( कान्तिपुर दैनिक, 2058 जेठ 24 ) हेर्नुहोस्!
  2. म निरन्तर तपाईंहरूको पक्षमा उभिदै आएको, एक दशकदेखि अब लोकतन्त्रको जगमा टेकेर मुख्यतः सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकालीओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ। त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दागर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिंदै थिएँ। पन्ध्र मिनेट अगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए 96 बर्षीय पिता सहित एकै चिहान हुनेरहेछौं।
    आखिर ती बाहिरबाट आएका मानिसहरू को थिए? सुने अनुसार कतिपयले विशेष रंगको स्कार्फ पनि लगाएका थिए रे! तपाईं Gen-Z का युवाहरू जस्ता देखिने कोही थिएनन् रे!
  3. अब अलिकति वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएका युवा साथीहरूसंग! तपाईं सधैं स्वदेश फर्कदा मलाई नयाँ नयाँ किताबको कोसेली ल्याइदिनुहुन्छ। ती किताब नै मेरा सम्पत्ति हुन्! अब ती किताब सबै खरानी भए रे! धन्न निस्कने वेलामा 21 औं शताब्दीका डार्विन भनिने Edward O. Wilson को चर्चित पुरानो पुस्तक THE HUMAN NATURE लिएर निस्कन भ्याएँ! अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण संगसंगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु।
    Gen-Z लाई पनि काम लाग्ला कि?

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:४८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology