Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थारु पत्रकार संघ चितवनको अध्यक्षमामा मनोज चौधरी

थारु पत्रकार संघ चितवनको अध्यक्षमामा मनोज चौधरी

images

इच्छाकामना न्युज

१५, भाद्र २०८२
थारु पत्रकार संघ चितवनको अध्यक्षमामा मनोज चौधरी
images

माडी । थारु पत्रकार संघ चितवनको अध्यक्षमा लेखक मनोज (अज्ञात) चौधरी चयन भएका छन् । शनिबार साँझ माडीको वसन्तपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले दीपेश चौधरीको नेतृत्वमा रहेको थारु पत्रकार संघ विघटन गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

तीनवर्षे कार्यकालको लागि चयन भएको समितिको उपाध्यक्षमा दीपेन्द्र चौधरी, सचिवमा राकेश चौधरी, सहसचिवमा विन्दा चौधरी र कोषाध्यक्षमा प्रमिला चौधरीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तकुमार चौधरीले जानकारी दिए ।

यस्तै सदस्यहरुमा सुरेशकुमार चौधरी र रविन्द्र राउत चयन भएका छन् । केन्द्रीय सदस्य चौधरीका अनुसार देशभर थारु पत्रकार एवम् सञ्चारकर्मीहरुको सङ्ख्या करिब तीन सय हाराहारीमा छन् । चितवनमा भने २० जना सदस्य सक्रिय रहेका उनले बताए ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो, उपमेयर खेमप्रसाद महतो, थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, नपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

राजु चौधरीलाई सम्मान

थारु पत्रकार संघले संस्थाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार राजु चौधरीलाई सम्मान गरेको छ । थारु समुदायबाट प्रतिनिधित्व गर्दै विगत लामो समयदेखि चितवनको पत्रकारितामा सक्रिय रहेको भन्दै सम्मान गरिएको संघले जनाएको छ । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको हातबाट चौधरीलाई सम्मानपत्र र खादामार्फत सम्मान गरिएको हो । कान्तिपुर टेलिभिजनका चितवन सम्वाददातासमेत रहेका चौधरी नारायणी अनलाइन सञ्चालन गर्दै आएका छन् ।

सोही क्रममा संस्था सञ्चालनको लागि मह¤वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाका तत्कालीन सचिव दीपेन्द्र चौधरी र सदस्य विजय चौधरीसमेतलाई पनि सम्मान गरिएको थियो । अधिवेशनका क्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका आमा समूहहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०९:२२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology