Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छोरीलाई जन्म दिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

छोरीलाई जन्म दिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

इच्छाकामना न्युज

१५, भाद्र २०८२
छोरीलाई जन्म दिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन
images

लुम्बिनी । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको शनिबार निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।

images
images

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएकामा शनिबार निधन भएको जानकारी दिए ।

उनको अस्पतालमा एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकामा दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा निधन भएको खड्काले बताए ।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०७:४९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology