Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय दाहालको मृत्यु, अर्का घाइते

नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय दाहालको मृत्यु, अर्का घाइते

इच्छाकामना न्युज

९, भाद्र २०८२
नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय दाहालको मृत्यु, अर्का घाइते
images

गैंडाकोट, भदौ ९ । नवलपरासी पूर्वको नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

images
images

आइतबार साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरी कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीकाअनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन्। उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ। रासस

images
प्रकाशित मिति :भाद्र ९, २०८२ सोमवार - ०६:२८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology