Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघको दुईवर्षे समीक्षा : ऐतिहासिक काम भएको दाबी

प्ये ल्हु संघको दुईवर्षे समीक्षा : ऐतिहासिक काम भएको दाबी

इच्छाकामना न्युज

६, भाद्र २०८२
प्ये ल्हु संघको दुईवर्षे समीक्षा : ऐतिहासिक काम भएको दाबी
images

तुलमान गुरूङ / सौराहा । तमू प्ये ल्हु संघ चितवनले वर्तमान कार्यसमितिको दुईवर्षे कार्यकालको समीक्षा गरेको छ । अधिवेशनको संघारमा रहेको प्ये ल्हु संघ चितवनले बिहीबार सौराहामा बैठकबाट कार्यकालभरको समीक्षा तथा आगामी दिनको यात्राबारे सुझाव सङ्कलन गरेको हो ।

images
images

बैठकका क्रममा वर्तमान कार्यसमितिबाट ऐतिहासिक काम भएको निष्कर्ष निकालेको छ । २०६० सालमा स्थापना भएको चितवन जिल्ला समिति २२ वर्षसम्म छानोविहीन अवस्थामा चल्दै आएको थियो । यसै वर्ष संस्थाले आफ्नै नाममा एक टुक्रा भए पनि जमिन जोड्न सफल भएको भन्दै वर्तमान कार्यसमितिबाट ऐतिहासिक कार्य भएको निष्कर्ष निकालेको हो ।

समितिले कार्यकालभरमा संस्थाले हरेक वर्ष गर्दै आएको नियमित कार्यबाहेक पनि घरदैलो अभियानबाटै रकम सङ्कलन गरेर जग्गा खरिद गर्न सफल भएको हो । बैठकमा अध्यक्ष विक्रम च्हम्रू तमूले संस्थाको दुईवर्षे गतिविधिसहित जग्गा खरिद महाअभियानको विषयमा जानकारी गराएका थिए । सोही आधारमा खेगी गुरूङ चित्र गुरूङले संस्थाको बैठक बस्नका लागि पनि कसैको घरआँगन चहार्नुपर्ने परिस्थिति अन्त्य हुने अवस्थामा आइपुगेको बताए ।

‘यो इतिहासकै सबैभन्दा उत्कृष्ट काम भएको कार्यकाल हो’, उनले भने, ‘वर्तमान समितिले थालनी गरेको काम पूरा गर्न पनि एक कार्यकाल यही समितिले नेतृत्व सम्हाल्नुपर्ने देखेको छु ।’ तर, यति हुँदैगर्दा संस्थाको विषयमा चितवनका गुरूङहरुलाई अझै पनि बुझाउन नसकेको भन्दै संस्थाले सानो–सानो कुरामा पनि ध्यान दिनु आवश्यक रहेको उनले बताए । ‘कहिलेकाहीँ हामीले ठूलो अनि मह¤वाकाङ्क्षी योजना लिएर हिँड्दा सामान्य तर मह¤वपूर्ण विषय छुटाइरहेका हुन्छौँ’, उनले भने, ‘त्यस्तो विषयमा हामी चुक्न हुँदैन ।’ बैठकमा तमू प्ये ल्हु संघले संस्कार, संस्कृतिसँगै भाषा संरक्षणमा दिएको योगदानको कदर गर्दै त्यसलाई आगामी दिनमा औपचारिकरुपमा कक्षा नै सञ्चालन गरेर नयाँ पुस्तामाझ प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याइएको छ ।

भाषा बोले पनि भेगअनुसार फरक पर्ने हुँदा भाषामा एकरुपताको विकास गर्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् । नेपाल तमू विद्यार्थी छोँज धीँ केन्द्रीय समितिका पूर्ववरिष्ठ उपाध्यक्ष विमश गुरूङले प्ये ल्हु संघको मूल नारा (मुद्दा)लाई अँगालेर हिँड्ने क्रममा सकारात्मक पक्षलाई आत्मसात् गर्न आवश्यक रहेको बताए । ‘अहिलेसम्म जे–जस्तो प्ये छ्या हामीले मान्दै आएका छौँ त्यसबारे नयाँ पुस्तालाई जानकारी नहुन सक्छ’, उनले भने, ‘तसर्थ, नयाँलाई प्रशिक्षित बनाउँदै लैजानु हाम्रो कर्तव्य हो ।

साथै पुर्खाहरुले अपनाउँदै आएका केही चालचलन वर्तमान समयसापेक्ष छैन भने त्यसलाई परिमार्जन गर्न पनि सक्नुपर्छ ।’ बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै खेगी गुरूङहरु, सल्लाहकारहरु, विभिन्न इकाइ समितिका प्रतिनिधिहरुलगायत उपस्थित थिए । सबैले आआफ्नो धारणा राख्दै संस्थालाई कालान्तरसम्म पनि दिगो बनाउने प्रयासमा सबैले साथ दिने प्रतिबद्धता जनाएका थिए । बैठककै क्रममा दाताहरुले जग्गा खरिद अभियानमा आर्थिक सहयोगसमेत हस्तान्तरण गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - १९:१६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology