Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

‘गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरुरी छ’

‘गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरुरी छ’

images

इच्छाकामना न्युज

३, भाद्र २०८२
‘गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरुरी छ’
images

काठमाडौं, भदौ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको मूलधारमा आउन गुरुङ समुदाय आफैले जोड दिनुपर्ने बताउनुभएको छ ।

राज्यको निर्णायक तहमा जनजातिहरुमध्ये, गुरुङ समुदायका पुस्ता निकैपछि परेको बताउँदै उहाँले शैक्षिकस्तर वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । काठमाडौंमा आज मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित “लिपेमा फुल्ने लालीगुँरास फूल” शिर्षकको वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले उक्त धारणा राख्नुभएको हो ।

उहाँका अनुसार गुरुङ र मगर समुदायले नेपाल एकिकरणमा महत्वपुर्ण योगदान दिएको इतिहास भए पनि समय सापेक्ष राज्यको नीति निर्माण गर्ने स्थानमा अझै पुग्न नसकेको बताउनुभयो । सरकारले आरक्षण कोटा सुविधा दिँदा समेत निजामति सेवामा अन्य समुदायभन्दा गुरुङ समुदायले यो सुविधाको प्रशस्त प्रयोग गर्न चुकिरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले लाहुरे संस्कृतिले गर्दा राज्यको मुलधारबाट पलायन भई विदेशी भुमि र संस्कृतिमा रमाउन थालेका गुरुङ समुदायले अब भने राष्ट्र र पहिचानका पक्षमा युवा पुस्तालाई जागृत गराउनु पर्ने सुझाव दिनुभयो ।

“हाम्रा युवा पुस्तालाई पहिचान र राष्ट्रको अस्तित्व बुझाउनैपर्छ । त्यसैले स्वदेशमै रोजगार र भविष्य निर्माण गराउने कुरामा अभिभावकले जोड दिनुहोस्”, उहाँले कार्यक्रममा भन्नुभयो, “राज्यले दिएको सेवा सुविधालाई भरपुर प्रयोग गर्नुपर्छ ।” त्यस्तै, उहाँले अबको पुस्ताले एआइ शिक्षा, सुचना प्रविधिमा पोख्त शिक्षा र आधुनिक व्यवसायको क्षेत्रमा भविष्य बनाउन सक्ने सम्भावना खोज्न जोड दिनुभयो ।

कार्यक्रममा वृत्तचित्रमार्फत लम्जुङ जिल्लाको दुधपोखरी तथा दोर्दी गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने लिपे डाडाँ पर्यटन प्रवर्धनको लागि उपयुक्त गन्तव्य रहेको देखाइएको थियो । लिपे डाँडामा थरीथरी रंगका लालिगुँरास फूलको दृश्य र पैदलयात्रीका लागि पछिल्लो आकर्षणको केन्द्र बन्दै गएको छ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ००:००:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology