Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेलाई नक्खु कारागारमा सार्ने

रवि लामिछानेलाई नक्खु कारागारमा सार्ने

इच्छाकामना न्युज

३१, श्रावण २०८२
रवि लामिछानेलाई नक्खु कारागारमा सार्ने
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ । हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले ललितपुरको नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

images
images

कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको लिखित मागअनुसार नक्खु सरुवाको निर्णय भई रुपन्देही पठाइएको जानकारी दिए । रविले नक्खु कारागारमै सरुवा गर्न माग गरेका थिए । 

गृहमन्त्री रमेश लेखकले गत बिहीबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा लामिछानेको सरुवा प्रक्रिया अघि बढिरहेको बताएका थिए ।

अब रुपन्देही कारागार, स्थानीय प्रशासन र सीडीओ कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लामिछानेलाई नक्खु ल्याउने छन् । शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको जिम्मेवारीमा आएका हुन् । 

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - १०:१३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology