Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर आउनुहुँदै

प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर आउनुहुँदै

images

इच्छाकामना न्युज

३०, श्रावण २०८२
प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर आउनुहुँदै
images

जनकपुर, साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम आउँदै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लाग्नुभएको हो । उहाँ ११ः३० बजे काठमाडौँबाट धनुषाका लागि प्रस्थान गर्नुहुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जनाउनुभयो ।

विसं. २०८० असोज १० गते भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले पाएको उहाँले जानकारी दिनुभयो । सम्झौता अवधि २०८२ असार मसान्तसम्मको थियो । सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको दाबी गरिएको छ । 

images
प्रकाशित मिति :श्रावण ३०, २०८२ शुक्रवार - १०:४६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology