Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जम्मू कश्मीरको किश्तवारमा अचानक भएको भारी वर्षाले कम्तीमा ४२ को मृत्यु, दुई सय भन्दा बढी बेपत्ता

जम्मू कश्मीरको किश्तवारमा अचानक भएको भारी वर्षाले कम्तीमा ४२ को मृत्यु, दुई सय भन्दा बढी बेपत्ता

इच्छाकामना न्युज

२९, श्रावण २०८२
जम्मू कश्मीरको किश्तवारमा अचानक भएको भारी वर्षाले कम्तीमा ४२ को मृत्यु, दुई सय भन्दा बढी बेपत्ता
images

जम्मू–कश्मीर । भारतको जम्मू–कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो अचानक भएको भारी वर्षाले कम्तीमा ४२ जनाको मृत्यु भएको छ । दिउँसो साढे १२ बजे भएको उक्त भारती वर्षाले पहाडबाट आएको पानी र भग्नावशेषमा धेरै मानिसहरू फसेका थिए ।

images
images

सो घटनामा परी हालसम्म ४२ जनाको मृत्यु भएको छ। २०० भन्दा बढी मानिसहरू बेपत्ता छन् । अहिलेसम्म ६५ जनालाई उद्धार गरिएको छ। 

माचैल माता यात्राका लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप डिभिजनको चाशोती गाउँ पुगेको बेला दुर्घटना भएको थियो । यो यात्राको पहिलो गन्तव्य हो। यात्रा शुरू हुने ठाउँमा एकाएक अति वृष्टि हुँदा त्यहाँ रहेका बस, पाल, लङ्गर र भक्तजनहरूको धेरै पसलहरू सबै बाढीको पानीमा बगे ।

सो स्थल चशोती किश्तवार सहरबाट लगभग ९० किलोमिटर टाढा छ र मचैल माता मन्दिर जाने बाटोमा पहिलो गाउँ हो । यो ठाउँ पद्दर उपत्यकामा छ, जुन १४.१५ किलोमिटर भित्र छ। 

यस क्षेत्रका पहाडहरू १,८१८ मिटरदेखि ३,८८८ मिटरसम्म उचाइमा छन् । यति उचाइमा हिमनदीहरू छन् जसले पानीको प्रवाहलाई तीव्र बनाउँछ।

मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ। हजारौं भक्तहरू यसमा आउँछन् । यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्नेछ । यो मार्ग जम्मू देखि किश्तवार सम्म २१० किलोमिटर लामो छ र यसमा, पद्दरदेखि चशोती सम्मको १९.५ किलोमिटर सडकमा सवारी साधनहरू जान सक्छन् । 

त्यसपछि पैदल ८.५ किलोमिटर लामो यात्रा छ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:०९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology