काठमाडौं फागुन ,१९ । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’वार्ता स्थान गोप्य राखिएको छ । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।