Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनसरीमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु, १६ जना घाइते

सुनसरीमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु, १६ जना घाइते

इच्छाकामना न्युज

२६, श्रावण २०८२
सुनसरीमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु, १६ जना घाइते
images
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ७ः१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरूको सनाखत भने हुन सकेको छैन । घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - ०९:४६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology