Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनुषा र सर्लाहीका यी स्थानमा भारी वर्षा जारी, सावधानी अपनाउन चेतावनी

धनुषा र सर्लाहीका यी स्थानमा भारी वर्षा जारी, सावधानी अपनाउन चेतावनी

इच्छाकामना न्युज

२५, श्रावण २०८२
धनुषा र सर्लाहीका यी स्थानमा भारी वर्षा जारी, सावधानी अपनाउन चेतावनी
images

धनुषा र सर्लाहीका केही ठाउँमा अहिले ठूलो वर्षा भइरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सावधान अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

images
images

विभागले आज (आइतबार) बिहान ७:२० बजेतिर सूचना जारी गरी धनुषाका हर्दिनाथ र तुलसी तथा सर्लाहीको परवानीपुर आसपास क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। 

उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले सतर्कता अपनाउन जरुरी रहेको विभागले उल्लेख गरेको छ। 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘उदयपुर राडारमा देखाएअनुसार हाल धनुषा जिल्लाको हर्दिनाथ र तुलसी तथा सर्लाही जिल्लाको परवानीपुर आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - ०७:५१:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology