Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै
images

चितवन फागुन,१९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् । दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । सभापति देउवा हेलिकोप्टरमा आउने श्रेष्ठले जानकारी दिए । कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित बनेका रानाभाट कांग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - ०९:५६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology