Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अख्तियारको टोली देखेपछि घुस लिएको रकम फालेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ

अख्तियारको टोली देखेपछि घुस लिएको रकम फालेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
अख्तियारको टोली देखेपछि घुस लिएको रकम फालेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ
images

धनुषा, १८ फागुन । घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ। 
अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख घुस लिएको अख्तियारले जनाएको छ। 
घुस लिएर गाउँपालिका अध्यक्ष भागेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कार्पियो गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर गाउँपालिका ४ बाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
अख्तियारको टोली पछि लागेको थाहा पाएपछि क्षेत्रीले भने घुस रकम भने छिरेश्वर नगरपालिका ५ को बाटोमा फ्याँकेर भागेको रिसालले बताए।
फरार रहेका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन्। स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिइरहेका छन्। 

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १५:१८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology