Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फर्जी कागजात पेश गरी लाभग्राही सूचीमा नाम लेखाउनेलाई छानबिन गरी कारवाही गर्छौः अध्यक्ष थापा

फर्जी कागजात पेश गरी लाभग्राही सूचीमा नाम लेखाउनेलाई छानबिन गरी कारवाही गर्छौः अध्यक्ष थापा

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
फर्जी कागजात पेश गरी लाभग्राही सूचीमा नाम लेखाउनेलाई छानबिन गरी कारवाही गर्छौः अध्यक्ष थापा
images

घैरुङ, १८ फागुन । शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकी भवन देखाएर भूकम्प लाभग्राही सूचीमा नाम लेखाउने ज्ञान प्रसाद सँग्रौला माथि छानविन गरी कारवाही गर्ने शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जनाएको छ।
‘भत्केको स्वास्थ्य चौकी देखाएरै शहिद लखन गाउँपालिकाका उपाध्यक्षको भाइको नाम भूकम्प लाभग्राही सूचिमा’ शीर्षकमा इच्छाकामना न्युज डटकम र गण्डकी टाइम्स डटकम सहित विभिन्न अनलाईन सञ्चार माध्यममा समाचार आएपछि सो बारेमा प्रतिक्रिया दिने क्रममा  अध्यक्ष थापाले यस्तो बताउनुभएको हो। उनले भने ‘नक्कली भूकम्प पिडितहरुलाइ कारवाही गर्न गाउँपालिका पछि पर्दैन, हाम्रा जनप्रतिनिधि माथि लगाइएका आरोपहरु निराधार छन, सँधै खटेर काम गर्ने जनप्रतिनिधिहरु, गाउँपालिका उपाध्यक्ष माथि लगाइएका आरोपहरुमा सत्यता  छैन।
‘समृद्ध गाउँपालिका निर्माणको अभियान’मा गाउँपालिका भित्रका जनप्रतिनिधीहरु माथि निरन्तर हमला भइरहेको उनले बताए।
फर्जी कागजात तयार गरी राज्यलाइ नोक्सान पु¥याउनेलाई छानविन गरी कारवाही गरिने उनको भनाइ छ। 

images
images

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १४:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology