Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नागरिक सहायता कक्ष सञ्चालन गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिका

नागरिक सहायता कक्ष सञ्चालन गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिका

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
नागरिक सहायता कक्ष सञ्चालन गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिका
images

आँबुखैरेनी, १८ फागुन । आफ्ना नागरिक हरुलाई सहज रुपमा सेवा दिनको लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । गाउँपालिकाले केहि दिन यता गाउँपालिका कार्यालय परिसरमा नै नागरिक सहायता कक्षको स्थापना गरि सञ्चालन गरिएको हो ।

images
images

नागरिक सहायता कक्षमा गाउँपालिकाले छुट्टै कर्मचारीको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अधिकृत पोखरेलका अनुसार सहायता कक्षबाट हाल सेवाग्राहीहरुको कागजपत्र मिलाईदिने, निवेदन लेखिदिने लगायत आवश्यक सेवा अनुसार परामर्शको काम समेत गरिने गरेको छ ।

यस्तै गाउँपालिकाले निःशुल्क फोटोकपी गरिदिने समेत व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । ‘अब हामी छिट्टै नयाँ भवनबाट सेवा सुरु गर्ने तयारीमा छौं, त्यसपछि नागरिक सहायता कक्षबाट नागरिकलाई निःशुल्क रुपमा फोटोकपी गर्ने व्यवस्था समेत गर्नेछौं’ –उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १४:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology