तनहुँ । घिरिङ गाउँपालिका–१ पुट्टारमा अवस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब २ बजे विद्युत सर्टको कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको स्थानीय प्रशासनले जनाएको छ।
शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठका अनुसार आगलागीबाट भण्डार कोठामा रहेको कागजपत्र, कम्प्युटर, प्रिन्टर र दुईवटा पङ्खा पूर्णरूपमा नष्ट भएको छ।
श्रेष्ठले बताएअनुसार घटनाको समय क्यान्टिनमा खाजा खानेक्रममा पङ्खा तीव्र गतिमा घुमिरहेको थियो। त्यहीबेला भण्डार कोठाको झ्यालबाट धुवाँ निस्केको देखिएपछि तुरुन्तै शिक्षक, कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहयोगमा फायर एक्सटिङ्ग्विशर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।
छिटो उद्धार र सहयोगले ठूलो क्षति हुनबाट बचाएको प्रमुख श्रेष्ठले बताए। यद्यपि आगलागीबाट भएको प्रारम्भिक क्षतिको मूल्यांकन अझै बाँकी रहेको जानकारी गराइएको छ।