Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन सुरक्षित आप्रबासन परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न,सरोकारवालासंग सुझाब संकलन

चितवन सुरक्षित आप्रबासन परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न,सरोकारवालासंग सुझाब संकलन

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
चितवन सुरक्षित आप्रबासन परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न,सरोकारवालासंग सुझाब संकलन

चितवन,फागुन १८। आज चितवनमा आयोजित एक कार्यक्रममा परियोजनाले यस अवधिमा गरेका कामहरुको समीक्षा र भाबी कार्यक्रमका बारेमा सरोकारवालाहरुसंग गोष्ठि गरेको हो ।सुरक्षित आप्रबासन परियोजना ९सामी० नेपालले परियोजनाको अर्धबार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल र स्विट्जरल्याण्ड सरकार बिचको द्विपक्षीय सम्झौताबाट संचालित यस परियोजना चितवन जिल्लाका चार पालिकामा संचालित रहेको छ । आजको अर्धबार्षिक समीक्षा कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, रत्ननगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्षहरु, प्रशासकिय अधिकृतहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।मल्टी डाईभर्सन एक्सन फर डेभलपमेन्ट ९मेड नेपाल० ले परियोजनाको सहजिकरण गरेको यस कार्यक्रम मेड नेपालका अध्यक्ष बाबुराम रेग्मिको अध्यक्षतामा सम्पन्न भएको हो । सोही संस्थाका कार्यकारी निर्देशक मिनराज भण्डारीले स्वागत मन्तब्य राख्नु भयो भने हेल्भिटास नेपालकी उमा पौडेलले पनि आफ्नो धारणा राख्नु भएको थियो । माडी नगरपालिकाका उपमेयर ताराकाजी महतो लगायत विभिन्न पालिकाका वार्ड अध्यक्षहरुले पनि कार्यक्रमका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो ।समीक्षा कार्यक्रममा अर्धबार्षिक प्रतिबेदन पेश गरिनुका साथै उपस्थित सरोवारवालाहरुबाट सुझाब संकलन गरिएको थियो । सुरक्षित आप्रबासन परियोजना ९सामी० ले बैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारिमा कार्यरत ब्यक्ती र उनिहरुको परिवारलाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखिकरण कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । चितवनका चार पालिकाका गाउँ गाउँमा सन्चालित यस परियोजनाले बिदेशमा रोजगाररत परिवारलाई बित्तिय साक्षरता कक्षा, मनोसामाजिक परामर्श र आवस्यक परेकालाई कानुनी सेवा समेत उपलब्ध गराउँदै आएको मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले जानकारी दिनुभयो ।परियोजनाले जिल्ला प्रशासन कार्यालय चितवनमा माईग्रेसन रिसोर्स सेन्टर ९स्रोत केन्द्र० स्थापना गरि बैदेअहिक रोजगारमा जान चाहने युबाहरुलाई परमर्श र अभिमुखिकरण तालिम दिंदै आएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १३:२०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology