Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काँग्रेस बागमतीको महामन्त्री राजु श्रेष्ठको खुलापत्र

काँग्रेस बागमतीको महामन्त्री राजु श्रेष्ठको खुलापत्र

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
काँग्रेस बागमतीको महामन्त्री राजु श्रेष्ठको खुलापत्र
images
हेटौडा । आफ्नै पार्टीको आन्तरिक किचलोसँगै मुख्यमन्त्री बहादुर सिंह लामाको पद धरापमा परेपछि नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले खुलापत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले खुलापत्र लेखेका छन् । महामन्त्री श्रेष्ठले लेखेको खुलापत्र यस्तो छ । 
 
खुल्ला पत्र ||
नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले संघीयता मार्फत जनताको सार्वभैम अधिकार, स्वायत्तता र स्वाधीनताको अधिकार स्थापित गर्दै सबै प्रकारका सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्था द्वारा सृजित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने उदघोष गरेको छ |
नागरिकमा व्याप्त असन्तुष्टि बीच राजनैतिक स्थिरता, समृद्धि र सुशासनको हवाला दिँदै अन्तिम विकल्पको रुपमा, कल्पना भन्दा बाहिर, यस दुर्लभ गठबन्धनको सरकार अन्तर्गत वाग्मती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा आफ्नै पार्टीको विभेदपूर्ण चुनौती लाई - संविधानको पालना, विधिको शासन र संविधानको पालना गर्ने अठोटका साथ संवैधानिक ढंगले सामना गरि रहेका छन् |
झट्ट हेर्दा मुख्यमन्त्रीको बर्खास्ती पार्टीको आन्तरिक समस्या जस्तो देखिने यो संघर्ष, विद्यमान अवस्थामा कांग्रेसको आन्तरिक किचलो नभई निहित वर्गको स्वार्थबाट संचालित राज्य व्यवस्थाको "ऐना" हो |लोकतन्त्रमा जवाफदेहिता हुनु पर्ने हो तर वाग्मती प्रदेशका नागरिकका प्रश्नहरु अनुत्तरित छन् |
 
राजु श्रेष्ठ
महामन्त्री
नेपाली कांग्रेस बाग्मती प्रदेश
 
Screenshot (312).png

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:५१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology