Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते

माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते

चितवन, १८ फागुन । आज बिहान भरतपुर–१ भतेरीको जङ्गलमा माइक्रो बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा२च २८२४ नम्बरको कार तथा ना१७प ४०१२ नम्बरको र ना२७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार घाइतेको उपचारका लागि भरतपुर पठाइएको र दुर्घटनामा संलगन चार वटै सवारी साधन तथा माइक्रो चालकलाई नियन्त्रणमा लिइएको छ ।घाइतेमध्ये ना१७प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका भरतपुर–२५ का २५ वर्षीय सुमन गुरुङ, ना१७प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका माडी–८ का ४२ वर्षीय ध्रुव पौडेल, कार चालक धादिङको ज्वालामुखी–१ का ३६ वर्षीय हरिप्रसाद तिवारी, कारमा सवार तिवारीकी श्रीमती २८ वर्षीया सिर्जना तिवारी, उनकै छोरा नौ वर्षीय हर्षित तिवारी, तीन वर्षीया छोरी हार्षिका तिवारीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ना२७प ७०८९ नम्बरको मोटरसाइकल चालक भरतपुर–२९ कविलासका ५२ वर्षीय सुकमान तामाङ, माइक्रो बसका यात्रुपर्साको प्रसौनी–५ घर भएका २३ वर्षीय सन्दीप कुरमा साह र बारा जिल्लाको महागढीमाई–११ घर भएका ३७ वर्षीय मनोजकुमार साह सोनारको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थापाले जानकारी दिए ।

images

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १२:५७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology