Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अधिकार कसैको बक्सिसले प्राप्त गर्ने विषय होइन : धनराज गुरुङ

अधिकार कसैको बक्सिसले प्राप्त गर्ने विषय होइन : धनराज गुरुङ

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
अधिकार कसैको बक्सिसले प्राप्त गर्ने विषय होइन : धनराज गुरुङ
images

ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन्।

नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरूको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले १२५ जातजाति र १२३ भाषाभाषी भएको देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान रहेकाले थारु समुदायले प्राप्त गरेको अवसर त्यही योगदानअन्तर्गत रहेको बताए।

त्यसैगरी पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले नेपाली कांग्रेसले थारु समुदायको पहिचानलाई स्थापित गर्न संवैधानिक व्यवस्थाका साथसाथै उनीहरूको अस्तित्व र स्वाभिमानलाई राजनीतिक, सामाजिक र सांस्कृतिक मौलिकतालाई जोगाएर राखेको बताए।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले थारु समुदायको हकहित र आर्थिक रूपमा चलायमान बनाउन थारु समुदायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारुहरुको जनसङ्ख्याअनुसार राजनीतिक प्रतिनिधित्वमा जोड दिनुपर्ने उल्लेख गरे। उनले क्रियाशील सदस्यतामा भन्दा राजनीतिक नेतृत्वमा स्थापित गराउन ध्यान दिनुपर्ने धारणा राखे।

थारु सङ्घको महाधिवेशन निर्देशक समितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली कांग्रेसले जति थारु समुदायलाई राजनीतिक प्रतिनिधित्व, सम्मान, पहुँच र अवसर अरु पार्टीले दिन नसकेको धारणा राखे।

थारु विभागका संयोजक योगेन्द्र थारूले अस्तित्व र पहिचानका लागि लडेको समुदायले निरन्तर प्रयासबाट अधिकार प्राप्त गर्न सक्ने भएकाले निरन्तर क्रियाशील हुन आग्रह गरे। 

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - ०९:०८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology