Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अब आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी

अब आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी

इच्छाकामना न्युज

१७, श्रावण २०८२
अब आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी
images

विराटनगर । कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

images
images

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।

मन्त्रिपरिषद्ले प्रदेश सरकारी सेवामा कार्यरत अस्थायी दरबन्दीमा रहेका कर्मचारीहरूको दरबन्दी स्वीकृति दिने निर्णयसमेत गरेको छ । साथै, प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गरिने निर्णय भएको छ ।

मन्त्री भण्डारीका अनुसार उक्त विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बु भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुलेको छ । यसले बहुभाषिक पहिचानलाई संस्थागत गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

त्यस्तै, कोशी प्रदेशको तथ्यांक व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको छ । साथै, प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालन सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - ०८:१४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology