Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

एमाले विभाजन गरेर गलत गरेको नेकपा एसका नेता झलनाथ खनालको पश्चाताप

एमाले विभाजन गरेर गलत गरेको नेकपा एसका नेता झलनाथ खनालको पश्चाताप

इच्छाकामना न्युज

१६, श्रावण २०८२
एमाले विभाजन गरेर गलत गरेको नेकपा एसका नेता झलनाथ खनालको पश्चाताप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेकपा एमाले छाडेकामा पश्चाताप गरेका छन्। उनले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु नै गलत भएको बताएका छन्।

images

‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गनै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।’

 

images
प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - ०९:२५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology