गोरखा, १७ फागुन । गोरखाको शहिद लखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले वडा नम्बर १ बक्राङस्थित स्वास्थ्य चाैकी भवनकाे भत्केकाे फाेटाे राख्न लगाएर आफ्ना सानी आमाका छाेरा भाइ ज्ञान प्रसाद सँग्राैलाकाे नाममा भूकम्प पुनर्लाभ सूचिमा सूचिकृत गराएकी छन् ।
सँग्राैलाकाे शहिद लखन १ मा आफू बस्ने घर नरहेकाे साे टाेलका टाेल सँयाेजक बेल बहादुर थापाले बताए । दुई नम्वर प्रदेशमा निजकाे घर रहेकाे र विगत २० वर्ष देखि गाउँमा बसाेबास नै नरहेकाे उनले बताए ।
दिदि उपाध्यक्ष भएकाे र जसरी पनि सूचिमा पर्ने भएकाले सिफारीस गरीदिन माग भएकाे र दवावमा आफूले सिफारीस गरेकाे उनले बताए ।
स्वास्थ्य स्वयँसेविका समेत रहेकी बुहारी शाेभा सँग्राैला स्वयँसेवी ड्रेसमा स्वास्थ्य चाेकीमा बसेर फाेटा खिचाइ जिमालीमा पठाएका हुन् । उक्त किर्ते काम गर्न प्राविधिकहरुले समेत सहयाेग पुर्याएका छन् । वडा अध्यक्षकाे सिफारिसमा आफूहरुले काम गरेकाे इन्जिनियर निर्मल रानाले बताए ।
गाउँमा किराना पसल गर्दै आएका सँग्राैला यस अघि उपाध्यक्ष तिवारीकाे सिफारिसमा पालिकाबाट ५७ हजार राशीकाे उत्कृष्ट कृषक पुरस्कार समेत पाएकाे गाउँपालिकाकाे अभिलेखबाट देखिएकाे छ ।
वडा नम्बर १ पालिकाबाट सञ्चालित याेजनकाे २० प्रतिशतका दरले उपभाेक्ताबाट रकम सङ्कलन गर्न समेत उनले आफ्ना भाइलाई जिम्मा दिएकाे र रकम नदिए याेजना पास नहुने गरेकाे साे क्षेत्रका उपभाेक्ताहरुले बताएका छन् ।
वडा नम्बर ७ बुँकाेटका स्थानीयका अनुसार तिवारिकाे सम्पती उपाध्यक्ष भएदेखि ह्वात्तै बढेकाे र कहाँबाट आएकाे हाे थाहा पाउन नसकिएकाे बताउने गरेका छन् ।
शहिद लखनमा आफ्नै घर नभएकाे ज्ञान प्रसाद सँग्राैलाकाे नाममा R ३६ -११- १- ०- ००२३ सम्झाैता कार्ड देखिएकाे छ । उपाध्यक्षकाे दवावका कारण शहिद लखन गाउँपालिकाले नक्कली लाभग्राहीहरुलाई कुनै कारवाही गर्न सकेकाे छैन । शहिद लखन १ मा नक्कली भूकम्प पिडितहरु ५० भन्दा धेरैकाे सँख्यामा रहेको वडा अध्यक्ष दीप बहादुर केसिकाे भनाइ छ । `राज्यले दिने कुरा पाउन भनेर सिफारीस गरिएकाे हाे जसले जे सक्छ त्यही गर्ने त हाे नी´ उनले भने ।
गण्डकी टाईम्सबाट