Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

विधान विपरीत अविश्वासको प्रस्ताव बारे जानकारी दिएको भन्दै कांग्रेस बागमतीका महामन्त्री राजु श्रेष्ठद्वारा बदर गर्न माग

विधान विपरीत अविश्वासको प्रस्ताव बारे जानकारी दिएको भन्दै कांग्रेस बागमतीका महामन्त्री राजु श्रेष्ठद्वारा बदर गर्न माग

श्रेष्ठ भन्छन् : "भोलि हेटौंडामा हेर्नु छ काँग्रेसमा विपि बाँकी छन् कि ? झुण्ड हावि हुन्छन्"

images

इच्छाकामना न्युज

१३, श्रावण २०८२
विधान विपरीत अविश्वासको प्रस्ताव बारे जानकारी दिएको भन्दै कांग्रेस बागमतीका महामन्त्री राजु श्रेष्ठद्वारा बदर गर्न माग
images

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध आफ्नै पार्टिका प्रदेश सभापति एवं प्रदेश सांसद ईन्द्र बानियाँले दर्ता गरेको अविश्वासको प्रस्ताव बारे महामन्त्रीलाई जानकारी नै नदिइ प्रक्रिया विपरित केन्द्रिय समितिमा पठाएको भन्दै उक्त जानकारी पत्र बदर गर्न माग गर्दै कांग्रेस बागमतीका महामन्त्री राजु श्रेष्ठले केन्द्रिय समितिलाई अर्को पत्र पठाएका छन । उनले पार्टीको विधान अनुसार महामन्त्रीले जानकारी पठाउनुपर्ने विद्यान बिपरित पत्र पठाइएको भन्दै उक्त पत्र बदर गर्न माग गरेका हुन् ।

IMG-20250729-WA0001.jpg

यस सम्बन्धमा प्रतिक्रिया जनाउदै उनले यस्तो बताएका छन् ।

प्रकृया नै गैर लोकतान्त्रिक, विधि र विधान विपरीत छ, त्यस्को घोर भत्सर्ना गर्दछु। प्रदेश कार्य समितिको वैठक नै नबसि आफु अनुकूलको महामन्त्रीले पहिलो पटक हस्ताक्षर गरेर पार्टी केन्द्रलाई पत्रचार गर्छ त्यसलाई पार्टी केन्द्रले अनुमोदन गर्छ । यो काँग्रेसमा नैतिकता पनि सकिएको दिन हो २०८२ असार ९ गते पिडकलाई पुरस्कार र पिडितलाई पिडा दिन्छ पार्टी आदर्श सकिएको दिन हो असार ९ गते । भोलि हेटौंडामा हेर्नु छ काँग्रेसमा विपि बाँकी छन् की झुण्ड हावि हुन्छन् । स्थिरता र सुशासनको एजेण्डा बोकेर बनेको यो दुर्लब गठबन्धनमा अमुक व्यक्तिलाई मुख्यमन्त्री बन्ने लहड र नबनाई नहुने जिद्दी बागमती प्रदेशका नागरिकले बुझ्न सकेका छैनन् । न बन्न चाहानेले न बनाउन खोज्नेले प्रष्ट पार्न सक्लान् काँग्रेसले सुदुर भविष्यसम्म यसको जवाफ माग्ने नै छन् । लोकतन्त्र विधि/विधान भनेर नथाक्ने सर्वमान्य नेता शन्त महापुरूष किसुनजी, महामानव विपि कोइरालाको पार्टी दृष्टी विहिन र पथ भ्रष्ट अवस्थामा छन् । भाषण गर्न नथाक्ने क्रान्तिकारी युवा नेता पनि यही प्रदेशका मन्चमा फलाग्छन्। विधान र कानूनले हटाउन नमिल्ने मुख्यमन्त्री हटाउन नेतृत्व घुँडा धसेर लागिपरेका छन् । मुख्यमन्त्री लोकतान्त्रिक पद्दती विधि विधान अनुरूप सामाना गर्न तयार छन् । हार जित जे होला लोकतान्त्रिक अभ्यास हुनेछ । पार्टी र जनताले पत्याएका प्रदेश सभा सदस्यहरूले संसदीय ऐतिहासिक अभ्यास आभास गर्नेछन । बहादुर सिंह लामा तामाङ पनि अन्तिम विकल्पसम्म लोकतान्त्रिक अभ्यास गर्नेछन् । जो जता होस् हामी लोकतन्त्रको पक्षमा थियौं र हुने छौं ।

images
प्रकाशित मिति :श्रावण १३, २०८२ मंगलवार - ००:३८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology