डुम्रे । भर्खरै प्राप्त खबर अनुसार सुख्खा पहिरो खस्दा मुग्लिन–पोखरा सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय डुम्रेले दिएको जानकारी अनुसार तनहुँको बन्दिपुर १ स्थित बिमलनगर चुनपहरामा अहिले बेलुका करिब ८ः४० बजेतिर गएको सुख्खा पहिरोले दुइतर्फी राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि बिमलनगर हुदै च्याङलीबाट नयाँपुल निस्कने वैकल्पिक राजमार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।