Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

बन्दीपुर केबलकारद्वारा आइपिओ निष्कासन

बन्दीपुर केबलकारद्वारा आइपिओ निष्कासन

images

इच्छाकामना न्युज

८, श्रावण २०८२
बन्दीपुर केबलकारद्वारा आइपिओ निष्कासन
images

बन्दीपुर । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मंगलबारदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपीओ खुला गरेको हो। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन अनुसार कुल मूल्य ५८ करोड ६० लाख रुपैयाँ बराबरको रहेको छ।

कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि पाँच लाख ६६ हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पाँच लाख २९ हजार चार सय कित्ता सेयर निष्कासन गरेको हो। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि गरिएको सार्वजनिक निष्कासन साउन २० गतेसम्म खुला रहनेछ।यदि सो अवधिमा पुरै सेयर बिक्री नभए भदौ ४ गतेसम्म खुला हुनेछ। जिल्लाको बन्दीपुर गाउँपालिका, आबुँ खैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा १ र गोरखा जिल्लाको पालुङटारनगरपालिका वडा ७ का बासिन्दाले आवेदन दिन पाउँनेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा छुट्याइएको सेयर पूरै बिक्री नभए भदौ २० गतेसम्म खुला रहनेछ।

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०६:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology